एनएसएलमा धनगढीलाई पराजित गर्दै झापाको जित



काठमाडौं । नेपाल सुपर लिगमा धनगढी एफसी पराजित भएको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा झापा एफसी धनगढी एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै तालिकाको चौथो स्थानमा उक्लिएको हो । झापालाई जित दिलाउन अन्जन विष्ट र समिराज ठोकरले समान एक–एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ औं मिनेटमा अन्जनले गोल गर्दै झापालाई शुरुवाती अग्रता दिलाएका थिए । यस्तै ७७ औं मिनेटमा समिराजले गोल गर्दै झापालाई २–० गोलको जित दिलाएका हुन् । जितसँगै झापाले ७ खेलबाट १० अंक जोडेको छ । समान खेलबाट धनगढीले १२ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको

नेपालले एआइपीएस एसियाको कंग्रेस आयोजना गर्ने

काठमाडौं । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को २५ औं कंग्रेस आगामी

टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि

नेपाल वेस्टइन्डिज ‘ए’ सँग पराजित

काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टि–२० श्रृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज