एनएसएलको अन्तिम खेलमा इलाम विजयी



काठमाडौं । नेपाल सुपर लिगमा स्पोर्टिङ इलामले जित निकालेको छ । मंगलबार भएको खेलमा ललितपुर सिटीलाई इलामले १–० गोलले पराजित गर्दै दोस्रो सिजनको एनएसएलको अन्त्य गरेको छ ।

इलामलाई जित दिलाउन फोडे कामाराले निर्णायक गोल गरेका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा फोडे कामाराले गोल गरेका हुन् । फोडे कमाराले लिलितपुरका ओमोलाजा करिमलाई विट गराउँदै प्रहार गराउँदै गरेको प्रहारलाई गोलरक्षक जेफ्रि बाल्टुसले रोक्न सकेनन् ।

खेलको अन्तिम समयमा ललितपुरले सुन्दर अवसर गुमाएको थियो । लालिपुरका पापा इबोरउको क्रसमा इमोह इजेकेलको हेडर प्रहारलाई इलामका गोलरक्षक विकेश कुथु बिट भइसकेको अवस्थामा आशिष गुरुङले बचाएका थिए । जितसँगै इलाम ८ खेलबाट ८ अंक जोड्दै पाँचौं स्थानमा उक्लेको छ ।

इलामले ८ खेलमा दुईमा जित, दुई खेलमा पराजयसँगै तीन खेलमा बराबरी खेलेको छ । पराजय ब्यहोरेको ललितपुरको ७ खेलबाट १० अंक जोड्दै तेस्रो स्थानमा यथावत रहेको छ । हारसँगै ललितपुरको प्लेअफ कठिन भएको छ । ललितपुर अब अन्तिम खेलमा शनिबार काठमाडौं रेजर्ससँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल विजयी लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर वेस्ट इन्डिजले ब्याटिङ गर्ने

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको

नेपालले एआइपीएस एसियाको कंग्रेस आयोजना गर्ने

काठमाडौं । एसियाली खेलकुद पत्रकार महासंघ (एआइपीएस एसिया) को २५ औं कंग्रेस आगामी