इलाम र धनगढी बराबरीमा रोकिए



काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा स्पोर्टिङ इलामले दुई गोलको अग्रतालाई जोगाउन नसक्दा बराबरीमा रोकिएको छ । शनिबार भएको पहिलो खेलमा इलमा धनगढीसँग दुई दुई गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको इलामले दोस्रो हाफमा दुई गोल खाँदै अंक बाँडेको हो ।

खेलको ४५ औं मिनेटमा इलामलाई फोडे कमाराले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमो ओमार मासादाफी रहिमले गोल गर्दै अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा बनाएको दुई गोलको अग्रतालाई इलामले दोस्रो हाफमा जोगाउन सकेन् । धनगढीले दोस्रो हाफमा दुई गोल गर्दै हार टारेको छ । खेलको ६८ औं मिनेटमा रिर्चड ओसेईले गोल गरे । इलामका खेलाडीले धनगढीका फोडे फोफानालाई पेनाल्टी एरियामा फल गरेपछि पाएको पेनाल्टीमा रिर्चडले गोल गरेका हुन् ।

खेलको ८३ औं मिनेटमा धनगढीले बराबरी गोल गर्यो । उसका लागि आफिज ओलाओलेले गोल गरे । उनले फोडे फोफानाको क्रसमा हेडर गोल गर्दै खेल बराबरी गरे । धनगढी जारी एनएसएलको शीर्ष स्थानमा उक्लेको छ । धनगढीको ८ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक

काठमाडौँ । आइतबारदेखि सुरु हुने आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटको ट्रफी

ललितपुर एनएसएलको ‘प्लेअफ’मा

काठमाडौँ । ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता–२०२५ को ‘प्लेअफ’मा

एनएसएलमा झापा र पोखराबीचको खेल बराबरीमा

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको झापा एफसी र

नेपाल चार देशीय क्रिकेटको फाइनलमा

काठमाडौं । वर्षाले खेल हुन नसकेपछि हङ्कङसँग अङ्क बाँडेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली