तिजोक पाँचथरलाई आत्मानन्द गोल्डकपको उपाधि



फिक्कल ।  इलामको माङसेबुङमा सञ्चालित १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण आत्मानन्द गोल्डकपको उपाधि तिजोक युवाक्लब पाँचथरले हात पारेको हो ।

माङसेबुङ गाउँपालिका–५ आत्मानन्द रङ्गशालामा आइतबार भएको फाइनल खेलमा माङसेबुङ गाउँपालिका इलामलाई सडन डेथमा पराजित गर्दै तिजोकले उपाधि जितेको हो । निर्धारित समयमा दुवै टोलीबाट गोलरहित बराबरी भएपछि खेल ‘टाइब्रेकर’मा धकेलिएको थियो । टाइब्रेकरमा समेत ५–५ गोलको बराबरी भएपछि ‘सडन डेथ’मा विजेता निर्धारण गरिएको हो ।

विजयी समूह तिजोकले नगद  तीन लाख ११ हजार र ट्रफी हात पार्यो भने उपविजेता माङसेबुङले नगद दुई लाख पाँच हजार र ट्रफी प्राप्त गर्यो । अघिल्लो संस्करणमा तिजोक उपविजेता बनेको थियो ।

उत्कृष्ट ‘डिफेन्डर’ विजेता तिजोकका रोशन आङदेम्बे, उत्कृष्ट ‘गोलकिपर’ रोशन नेपाल,  सर्वाधिक गोलकर्ता निर्देश राई, उत्कृष्ट खेलाडी उपविजेता माङसेबुङका रबिन मगर र उदियमान खेलाडी उपविजेता माङसेबुङका चन्द्रहाङ लिम्बू घोषित भए । उनीहरुलाई जनही नगद पाँच हजार प्रदान गरिएको थियो ।

विजेता र उपविजेताहरुलाई युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले पुरस्कार प्रदान गर्नुभयो । किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७०औँ जन्मोत्सवका अवसरमा आत्मापवित्र हक्चात यक्चुमको आयोजनामा यही मङ्सिर ८ गतेदेखि सञ्चालित गोल्डकपमा नेपाल, भारत र भूटानका आठ टोलीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

  काठमाडौँ ।  अन्तर्राष्ट्रिय त्रिकोणात्मक ट्वान्टी २० शृङ्खलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपाले टस

टी–२० सिरिजको उपाधिका लागि नेपाल र नेदरल्याण्ड्स भिड्दै

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेल आज हुँदै छ ।

एपिएफ झापा गोल्डकपको सेमिफाइनलमा

  झापा । विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी छैटौँ संस्करणको झापा गोल्डकपको आजको खेलमा

नेपालले भूटानलाई हरायो

काठमाडौँ । साफ यू–१६ महिला  च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले भूटानलाई पराजित गरेको छ