१९ वर्षमुनिकाे एसिया कपका लागि नेपाली टाेलीकाे घाेषणा



काठमाडौं । एसीसी-१९ वर्षमुनिको एसिया कपका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार १४ सदस्यीय टोलीको घोषणा गरेको हो । देव खनालको कप्तानी टोली घोषण गरिएको हो ।

टोलीमा खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, हेमन्त धामी, गुल्शनकुमार झा, दिपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुवाश भण्डारी, दीपक बोहरा, उत्तम रङ्गु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द छन् । १९ वर्षमुनिको एसिया कप डिसेम्बर ८ देखि डिसेम्बर १७ सम्म यूएईमा हुँदैछ ।

नेपाल समूह ‘ए’ मा परेको छ । यो समूहमा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले पहिलो खेलमा पाकिस्तानसँग डिसेम्बर ८ मा खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एपिएफ झापा गोल्डकपको सेमिफाइनलमा

  झापा । विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी छैटौँ संस्करणको झापा गोल्डकपको आजको खेलमा

नेपालले भूटानलाई हरायो

काठमाडौँ । साफ यू–१६ महिला  च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले भूटानलाई पराजित गरेको छ

हङकङमा हुने त्रिदेशीय टी-२० आई श्रृंखलाका लागि नेपाली टोली घोषणा

काठमाडौं । हङकङमा हुने नेपाल हङकङ र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय टी–२० आई

अनिशलाई प्रधानसेनापति म्याराथनको उपाधि

  काठमाडौँ । महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित