काठमाडौं । न्युजिल्याण्डलाई पराजित गर्दै भारत विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । मुम्बईमा भएको सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई पराजित गर्दै भारत फाइनलमा पुगेको हो । अब भारतले अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुने खेलको विजेतासँग खेल्ने छ ।
भारतले पहिला ब्याटिङ गर्दै ३९७ रन बनाएको थियो । जवाफमा न्युजिल्यान्डले ३२७ रन मात्र बनायो । भारतको जितमा मोहम्मद सामीले कीर्तिमानी सात विकेट लिए भने विराट कोहली र श्रेयस अय्यरले शतक बनाए । न्युजिल्यान्डका लागि डेरियल मिचेलले शतक बनाए पनि जित दिलाउन सकेनन् ।

प्रतिक्रिया