एसियाली खेलकुदमा जुडो र रग्बीमा नेपालको यात्रा समाप्त



हाङझाउ । १९ औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत जुडो र रग्बीमा नेपालको यात्रा समाप्त भएको छ । आज नेपालका दुई खेलाडी पराजित भएसँगै जुडोमा नेपालको यात्रा समाप्त भएको हो।

पुरूष एक सय किलोमाथिको तौल समूहमा नेपालका रन्जेश गोले इप्पोनका आधारमा पराजित भए। उनलाई प्रिक्वाटरफाइनलमा काजकिस्तानका खेलाडीले पराजित गरे । यस्तै महिला ७८ किलोमाथिको तौल समूहमा नेपालकी आकृति जोशी उज्वेकिस्तानकी खेलाडीसित इप्पोनकै आधारमा पराजित भइन् ।

जुडोमा नेपालबाट पुरूषतर्फ चार तथा महिलातर्फ चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए। पुरूषतर्फ विकास विक, जंगबहादुर सारू र इन्द्रबहादुर श्रेष्ठ तथा महिलातर्फ मनीता श्रेष्ठ, देवकीमाया श्रेष्ठ र पुनम श्रेष्ठ यसअघि नै पराजित भइसकेका छन् ।

चीनमा जारी १९औं एसियाली खेलकुदमा रग्बीमा डेब्यु गरेको नेपाल सबै खेलमा पराजित भएको छ । रग्बी सेभेन्समा नेपालको पुरुष टोली सबै खेलमा पराजित भयो । आज भएको खेलमा नेपाल ओसिए इन्डिपेन्डेन्ट एथ्लेटिक टोलीसित ६८–० अंकले पराजित भएको हो । प्रतियोगितामा नेपाल आफ्ना सबै ६ खेलमा पराजित भयो । समूह डी मा रहेको नेपाल समूह चरणमा युएई, चीन, अफगानिस्तान, थाइल्याण्ड र फिलिपिन्ससित पराजित भएको थियो ।

यसैगरी तेक्वान्दोमा पनि प्रतिस्पर्धा गरेका तीन नेपाली खेलाडी आ आफ्नो स्पर्धामा पराजित भए । नेपालका गोविन्दबहादुर आले पुरूष ६३ किलोमुनिको तौल समूहमा प्रिक्वाटरफाइनलमा पराजित भए। उनी प्रिक्वाटरफाइनलमा थाइल्यान्डका खेलाडीसित २–० अंकले पराजित भए ।

यस्तै आजै भएको महिला ५३ किलोमुनिको तौल समूहमा नेपालकी आयषा लामा दक्षिण कोरियाका खेलाडीसित पराजित भइन्। महिला ५७ किलोमुनिको तौल समूहमा सन्ध्याकुमारी सिंह पनि पराजित भइन्। तेक्वान्दोका चार खेलाडी यसअघि नै प्रतियोगिताबाट बाहिरिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लिभरपुललाई इंग्लिस फुटबल लिग कपको उपाधि

काठमाडौं । इंग्लिस फुटबल लिग कपको उपाधि लिभरपुलले जितेको छ । लिभरपुलको यो

टी–२० सिरिजका लागि १८ सदस्यीय टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नामिबिया र नेदरल्याण्डससँग मंगलबारदेखि हुने त्रिकोणात्मक

थ्रीस्टारलाई पराजित गर्दै एनआरटी विजयी

काठमाडौँ । न्यू रोड टिम (एनआरटी) ले थ्रीस्टार क्लबलाई पराजित गर्दै केपी ओली

नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित

काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गतको पहिलो सिरिजको अन्तिम खेलमा नेपाल पराजित