भारतद्वारा बङ्गलादेश पराजित



काठमाडौँ । राजधानीमा आजदेखि सुरु भएको साफ यू–१९ च्याम्पियनसीप फुटबल प्रतियोगितामा भारतले बङ्गलादेशलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा भारतले बङ्गलादेशलाई ३–० को गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । भारतको जितमा गुग्मसार गोयारी, नाओबा पङ्गमबम र अर्जुनसिंह ओइनामले समान एक–एक गोल गरे ।

भारतले खेलको पहिलो मिनेटमै अग्रता लिएको थियो । भारतका लागि गुग्मसार गोयारीले गोल गरे । त्यस्तै भारतले खेलको पहिलो हाफको अन्तिम समयमा अर्को गोल थप्यो । नाओबा पङ्गमबमले बङ्गलादेशी डिफेन्डरको खुट्टाबाट बल खोसेर सुन्दर फिनिस गर्दै गोल गरेका हुन् ।

यसैगरी भारतले खेलको अन्त्यतिर अर्को गोल थप्दै जित सुनिश्चत गर्यो । कप्तान इशान शिशोदियाको पासमा अर्जुनसिंह ओइनामले खेलको ९०औँ मिनेटमा तेस्रो गोल गरे ।

यस जितसँगै समूह ‘बी’मा रहेको भारतले तीन अङ्क जोडेको छ । समूह ‘बी’मा भारत, बङ्गलादेश र भुटान रहेका छन् । त्यस्तै समूह ‘ए’ मा नेपाल, पाकिस्तान र माल्दिभ्स रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा

एएफसी यू–२० एसियन कप छनोटमा नेपाल बहराइनसँग पराजित

काठमाडौं । एएफसी यू–२० एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा नेपाल बहराइनसँग ४–०