भारतलाई एसिया कपको उपाधि



काठमाडौं । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा घरेलु टोली श्रीलंकाले दिएको ५१ रनको लक्ष्य भारतले कुनै पनि विकेट नगुमाएर पूरा गरेको थियो । भारतका लागि शुभमन गिलले २७ र इशान किशानले २३ रन बनाए । यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलङ्का १५ ओभर २ बलमा ५० रन बनाउँदा अल आउट भयो ।

भारतका बलर सामु श्रीलङ्काली ब्याटर निरीह देखिए । श्रीलङ्काका लागि कुसल मेन्डिसले सर्वाधिक १७ र दुशन हेमन्थाले नटआउट १३ रन बनाए । यस्तै दुनिथ वेलालेगेले ८, धनन्जय डी सिल्भाले ४ र पथुन निसन्का २ रन बनाएर आउट भयो । श्रीलङ्काका ५ जना खेलाडीले १ रन पनि जोड्न सकेनन् ।

योसँगै भारतले आठौँ पटक एसिया कप क्रिकेटको उपाधि जितेको हो । भारतले यसअघि सन् १९८४, १९८८, १९९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलमा चितवनलाई हराउँदै विराटनगरको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई

विराटनगरद्वारा चितवन सामु एक सय ८२ रनको लक्ष्य प्रस्तुत

  काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किङ्ग्सले

लुम्बिनीलाई हराउँदै एनपीएलमा कर्णालीको जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई पराजित गरेको

एनपीएलमा लुम्बिनीले कर्णालीलाई दियो १२९ रनको लक्ष्य

  काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको पहिलो खेलमा लुम्बिनी