छात्रा फुटबल प्रतियोगिताको उपाधि जनप्रिय माविलाई



म्याग्दी । म्याग्दीको बेनीमा सम्पन्न दोस्रो दोभान कप अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि जनप्रिय माविले जितेको छ । बेनीस्थित खुला मञ्चमा शनिबार न्यू वेष्ट प्वाइन्ट आवासीय माविसँगको फाइनलमा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङस्थित जनप्रिय मावि दरबाङकी गोलरक्षक अस्मिता दर्जीले पेनाल्टी सुटआउटमा उत्कृष्ट खेल प्रदर्शन गरेसँगै उपाधि चुमेको हो ।

फाइनलमा निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा जनप्रिय माविले बेनीस्थित न्यू वेष्ट प्वाइन्ट आवासीय माविलाई ४–२ गोलअन्तरले पराजित गरेको हो । पेनाल्टीमा जनप्रियकी गोलरक्षक अस्मिताले उत्कृष्ट बचाउ र गोल प्रहार गरेकी थिइन् ।

सेमिफाइनलको खेलमा समेत बेनी सामुदायिक माविलाई रोक्न अस्मिताको गोल निर्णायक भएको थियो । सेमिफाइनलमा जनप्रिय माविले बेनी सामुदायिक मावि र न्यू वेष्ट प्वाइन्ट माविले प्रकाश माविलाई रोक्दै फाइनलको यात्रा तय गरेका थिए ।

न्यू दोभान युथ क्लबले दिवङ्गत पूर्वअध्यक्ष अनन्त गिरीको स्मृतिमा ‘९ ए साइड’ फुटबल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा प्रथम र द्वितीय हुन सफल समूहलाई क्रमशः  ४५ हजार र  २५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।

कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, जिसस समन्वय अधिकारी राजेन्द्रप्रसाद अधिकारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी र फुटबल सङ्घ म्याग्दीका अध्यक्ष कुमार बानियाँलगायतले पुरस्कार प्रदान गरेका थिए ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी न्यू वेष्ट प्वाइन्टकी निकितासिंह ठकुरी, सर्वाधिक गोलकर्ता प्रकाश माविकी प्राप्ति मगर,उत्कृष्ट गोलरक्षक जनप्रिय माविकी अस्मिता दर्जी क्रमशः तीन हजार नगद र अनुशासित टिमलाई अनुशासित टिम बेनी सामुदायिक माविलाई पाँच हजार नगदले बेनी पुरस्कार प्रदान गरिएको छ ।

आयोजक दोभान यूथ क्लबका अध्यक्ष उपेन्द्र गिरीले छात्रालाई फुटबल खेलप्रति आकर्षित गर्ने उद्देश्यले खेल आयोजना गरिएको जानकारी दिए। प्रतियोगितामा १० टिमको सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा