ब्याडमिन्टन प्रतियोगिताका उपाधि विजेतालाई पुरस्कार वितरण



काठमाडौं । ज्यापु समाज यलको युवा तथा खेलकुद उपसमितिको आयोजनामा भएको काजिलाल अवाले स्मृति प्रथम ब्याडमिन्टन प्रतियोगिताका विजेताहरुलाई शनिबार पुरस्कार वितरण गरिएको छ ।

मेन्स डबल, भेन्ट्रान र अण्डर १७ गरी तीन समूहमा भएको प्रतियोगिताका विजयीहरुलाई बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले पुरस्कार वितरण गरे ।

यही भाद्र २० गतेबाट सुरु भएको प्रतियोगितामा ललितपुर महानगरका ४० वटा टोलको सहभागिता रहेको थियो । जसमा अण्डर १७ समूहमा हःखा छुसिकाका सौर्य महर्जन प्रथम, नागबहालका सुगत शाक्य द्वितीय, सप्तखेलका श्रीष प्रधान र नागबहालक सम्यक शाक्य तृतिय भएका थिए ।

यसैगरी भेट्रान्सतर्फ सुबहालका राजाबाबु महर्जन र राजेन्द्र महर्जनको जोडी प्रथम भएको छ । उहाँहरुको जोडीले मंगःत्वाःका किशोर ब्यञ्जनकार र वीरेन्द्रलाल श्रेष्ठको जोडीलाई २१–१४ र २१–१९ को सोझो सेटमा पराजित गरेको थियो । भेट्रान्सतर्फ लुखुसिका बिलन महर्जन र सन्जय महर्जनको जोडी र त्यागलका सञ्जय महर्जन र सानुबाबु महर्जनको जोडी तृतीय स्थान हात पार्न सफल भए ।

यसैगरी मेन्स डबलमा नागबहालका ससीन डंगोल र सुमन शाक्यको जोडीले ओकुबहालका शान्त डंगोल र दिपेश शाक्यलाई हराउँदै प्रथम स्थान हात पार्न सफल भयो । फाइनल खेलमा नागबहालले ओकुबहाललाई २१–१३ र २१–१४ को सोझो सेटमा हराएको थियो ।

मेन्स डबलमा पिन्छेबहालका अमन महर्जन र दिपान महर्जन र दथुलँका राजु बज्राचार्य र सुमित महर्जनको जोडी तृतिय हुन सफल भयो ।
पुरस्कार वितरण कार्यक्रम युवा तथा खेलकुद उपसमितिका संयोजक बाबुराजा महर्जनको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा ज्यापु समाज यलका अध्यक्ष तीर्थलाल महर्जन, निवर्तमान अध्यक्ष चन्द्र महर्जन, ललितपुर ९ वडाका अध्यक्ष एवम् प्रवक्ता राजु महर्जन, श्रम तथा युवा समितिका प्रमुख एवम् उपाध्यक्ष किरण महर्जनलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा