रेडहर्ष फुटबल क्लब ताप्लेजुङ गोल्डकपको फाइनलमा



ताप्लेजुङ । इलामको रेडहर्ष फुटबल क्लब ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलअन्तर्गत मंगलबार भएको खेलमा रेड स्टार फुटबल क्लब झापालाई टाइब्रेकरमा ५‐४ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १‐१ को बराबरी गोल गरेका थिए । खेलको १५औँ मिनेटमा इलामका आशिष राईले एक गोल गर्दै सुरुआती अग्रता लिए पनि ७५औँ मिनेटमा झापाका ग्लोरीले गोल गर्दै बराबरी गरेका थिए ।

प्रतिस्पर्धात्मक देखिएको खेलमा दुवै टिमले निर्धारित समयमै जीतको नतिजा निकाल्न प्रयासरत रहे पनि निर्धारित समय बराबरीमै सकियो ।

टाइब्रेकरमा झापाका मिलन राईको गोल रेडहर्षका गोल किपर विवेक मगरले छेकेपछि इलामलाई सफलता मिलेको हो । झापाका निसान लिम्बू, जीवन गुरुङ, मीलन राई र मनोज राईले गोल गरे भने इलामका विशाल लामा, आसिस लावती, पिकेस लोक्ताम र विवेक मगरले गोल गरे ।

जीतसँगै इलामले बुधबार हुने फाइनल खेलमा इटहरीको जुट विकास फुटबल एकेडेमीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । सोमबार भएको खेलमा पथरी ११ मोरङलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सुनसरीको जुट विकास फुटबल एकेडेमी उपाधीको दाबेदार बनेको छ ।

दार्जिलङका सहित यो पटक आठ टिम सहभागी प्रतियोगिता बुधबार सकिँदै छ । लाखे जात्राका अवसरमा आयोजित प्रतियोगिताको विजेताले तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ आयोजक समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए ।

लाखेजात्राका अवसरमा आयोजित प्रतियोगिता सदरमुकामस्थित भानुजन माध्यमक विद्यालयको खेल मैदानमा भइरहेको छ । विसं २०२९ देखि हरेक वर्ष लाखेजात्रामा फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ । कोभिडलगायतका कारण पछिल्लो तीन वर्षयता प्रतियोगिता हुन सकेको थिएन । तर यो वर्ष भने प्रतियोगिताले निरन्तरता पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा