भारतलाई नेपालले दियो २ सय ३१ रनको लक्ष्य
काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले भारतलाई २ सय ३१ रनको लक्ष्य दिएको छ । श्रीलंकाको पालेकेलेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभर दुई बलमा अल आउट हुँदै २ सय ३० रन बनायो । श्रीलंकाको पाल्लेकेले मैदानमा टस हारेस नेपालले पहिला ब्याटिङ गरेको थियो ।
नेपालका लागि सर्वाधिक रन आसिफ शेखले बनाए । उनले ५८ रन बनाएका थिए भने सोमपाल कामीले ४८ रन बनाए । कुशल भुर्तेलले ३८ रन बनाए । गुलसन झाले २३ रन बनाए । अन्य ब्याटरले राम्रो स्कोर बनाउन सकेनन् । भारतका लागि रविन्द्र जडेजा र मोहम्मद सिराजले ३–३ विकेट लिए ।