नेपालले टस हार्‍यो, पहिले ब्याटिङको निम्तो



काठमाडौँ ।  एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले टस हारेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा भरखरै भएको टसमा भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन् । यससँगै नेपालले अब पहिला ब्याटिङ गर्नेछ ।
नेपालले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा छिमेकी टोली भारतसँग खेल्न २७ वर्ष कुनुप¥यो । सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालले पहिलो पटक भारतसँग खेल्ने मौका पाएको हो । एसिया कपमा पहिलोपटक सहभागिता जनाएको नेपालले भारतलाई पराजित गर्दै सुपर फोरमा पुग्न चाहे पनि विश्व क्रिकेटको पावर हाउस भारतलाई पराजित गर्न नेपाललाई सहज भने हुनेछैन ।
  एसिया कपको यस खेलले समूह ‘ए’ को सुपर फोरमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । समूह ‘ए’ बाट पाकिस्तान यसअघि नै सुपर फोरमा पुगिसकेको छ । समूह ‘ए’ मा पाकिस्तान शीर्ष स्थानमा छ । त्यस्तै भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ ।
पाकिस्तान दुई खेलमा १ मा जित र १ मा अङ्क बाँड्दै ३ अङ्कका साथ सुपर फोरमा पुगिसकेको हो । भारतको एक खेलमा एक अङ्क छ । एक खेल खेलेको नेपाल अङ्कविहीन छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग दुई सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी भीम सार्की, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दिप लामिछाने र ललितनारायण राजवंशी छन् ।
त्यस्तै भारतको प्लेइङ ११ मा कप्तान रोहित शर्मासहित शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, ईशान किशन, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, हार्दिक पान्ड्या, मोहम्मद शामी, मोहम्मद शिराज र कुलदीप यादव छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा