कतारलाई पराजित गर्दै नेपाल महिला टी–२० को सेमिफाइनलमा



काठमाडौं । मलेसियामा जारी आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले लगातार चौथो जित निकालेको छ । सोमबार बिहान भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गरेको हो । नेपालले पाएको ७५ रनको लक्ष्य १० ओभर ३ बलमा नै पुरा गर्यो । नेपालमा जितमा काजोल श्रेष्ठले ३२ रन बनाइन् । यस्तै सीता राना मगरले १७ र इन्दु बर्माले नट आउट २० रन जोडिन् ।

इन्दुले १२ बलमा २० रन बनाएकी हुन् । सीताले २३ मा १७ रन र कविताले २८ बल खेल्दै ३२ रन बनाएकी हुन् । यो जितसँगै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । समूह ए मा लगातार चौथो जित हात पारेको नेपालको ४ खेलबाट ८ अंक छ । नेपालले अब समूहको अन्तिम खेलमा बुधबार यूएईसँग खेल्नेछ । उक्त खेल समूह विजेता बन्नका लागि निर्णायक बन्नेछ ।

यूएईले अहिले बहराइनसँग खेलिरहेको छ । सन् २०२४ मा हुने महिला विश्वकपका लागि एसिया क्षेत्रको छनोटमा ११ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काभ्रेका विभिन्न पालिकाबाट ८३ जना बाढीपीडितको हेलिकप्टरबाट उद्धार

  काठमाडौँं ।  गृह मन्त्रालयले आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो, डुबान तथा

नेता कार्यकर्तालाई राहत तथा उद्धारमा जुट्न कांग्रेसको निर्देशन, विपद कोषमा ५० लाख जम्मा गर्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले बाढीपहिरो पीडितका लागि ५० लाख सहयोग गर्ने निर्णय गरेको

झ्याप्लेखोलामा पुरिएको माइक्रोबसबाट निकालियो थप १० जनाको शव

काठमाडौं । धादिङको झ्याप्लेखोलाको पहिरोमा अर्को माइक्रोबस पनि पुरिएको फेला परेको छ ।

बाढीपहिरो र डुबानमा परी १०४ जनाको मृत्यु

काठमाडौँ । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ४ जनाको मृत्यु भएको