प्रिमियर लिगमा म्यानचेस्टरद्वारा उल्भ्स पराजित
काठमाडौं । इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले विजयी शुरुवात गरेको छ । गएराति भएको खेलमा युनाइटेडले उल्भ्सलाई १–० गोलले हरायो ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडका राफाएल भारानले खेलको ७६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै युनाइटेडले तीन अंक जोडेको छ ।
यो खेलमा उसका गोलरक्षक आन्द्रे ओनानाले डेब्यु गरेका छन् । गोलकिपर डेविड डि गाले यस सिजनदेखि क्लब छाडेकाले नयाँ किपरको रुपमा आन्द्रेले स्थान बनाएका हुन् । त्यस्तै युनाइटेडबाटै मेसन माउन्टले पनि यो खेलमा डेब्यु गरेका छन् ।