रोबर्टोले दिए इटालीको फुटबल टिमका मुख्य प्रशिक्षकबाट राजीनामा
एजेन्सी । इटालीको फुटबल टिमका मुख्य प्रशिक्षक रोबर्टो मान्सिनीले पदबाट राजीनामा दिएका छन् । सन् २०१८ को विश्वकप छनोटपछि राष्ट्रिय टिमको जिम्मेवारी पाएका उनले राजीनामा दिएका हुन् ।
उनले इटालीलाई सन् २०२० को युरोपियन च्याम्पियनसिपको उपाधि समेत दिलाएका थिए । मान्सिनीको प्रशिक्षणमा इटालीले कीर्तिमानी ३७ खेलसम्म अपराजित यात्रा तय गरेको थियो ।
तर, सन् २०२२ को विश्वकपमा स्थान बनाउन असफल भएको थियो । मान्सिनीले सन् २०१२ मा म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि दिलाएका थिए । यसपछि इटालीलाई युरो–२०२० च्याम्पियन बनाएका थिए । मान्सिनीको प्रशिक्षणमा इटालीले गएको जुनमा सम्पन्न नेसन्स लिगमा तेस्रो स्थान हासिल गरेको थियो ।