गण्डकी विश्वविद्यालयको आयोजनामा विद्यार्थीलाई फुुटबल प्रशिक्षण
गण्डकी । गण्डकी विश्वविद्यालयको आयोजनामा जापानी फुटबल प्रशिक्षक इतारु कातोले पोखराका विद्यार्थीलाई फुटबल प्रशिक्षण गराएका छन् । इतारुले गण्डकी विश्वविद्यालय र अन्य सात विद्यालयका विद्यार्थीलाई शनिबार र आइतबार फुटबल प्रशिक्षण गराएका हुन् । करिब ६० जना विद्यार्थीलाई शनिबार अवलोकन र अभ्यास, आइतबार फुटबलका सैद्धान्तिक प्रशिक्षण गराइएको हो ।
गण्डकी प्रदेश सरकारद्वारा स्थापित गण्डकी विश्वविद्यालयमा नेपालमै पहिलोपटक स्नातक तहमा चारवर्षे कार्यक्रम ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’ (बिएसएम)को अध्यापन भइरहेको छ ।
नेपालमै पहिलो पटक २०७७ सालमा प्रदेश सरकारद्वारा स्थापित विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालनका साथै अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ ।
गण्डकीे विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो । विश्वविद्यालयले खेलकुद क्षेत्रको समग्र विकासलाई विशेष प्राथमिकता दिँदै ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’ (बिएसएम) कार्यक्रमका संयोजक मधुसूदन सुवेदीले जानकारी दिए। विश्वविद्यालयमा पाँच सङ्कायका विषयमा पठनपाठन हुँदै आएको छ ।