राष्ट्रिय स्क्वास प्रतियोगिता हुँदै



काठमाडौं । नेपाल स्क्वास र्याकेट्स सङ्घको आयोजनामा राजधानीमा पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता हुने भएको छ । यही साउन २१ देखि २७ गतेसम्म सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट सङ्घको भवनमा सञ्चालन हुने प्रतियोगितामा करिब एक सय जना खेलाडीको सहभागिता रहने सङ्घद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा १५ जना अफिसियल रहनेछन् ।

प्रतियोगितामा पुरुष खुला, महिला खुला, जुनियर ब्वाइज यु–१९, मास्टर खुला (५० वर्षदेखि माथि)को स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा पहिलो हुनेलाई २० हजार (खुला पुरुष तथा महिला), दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुने खेलाडीलाई पाँच हजार प्रदान गर्ने आयोजकले जनाएको छ ।

त्यस्तै जुनियर ब्वाइजतर्फ पहिलो हुनेलाई ११ हजार, दोस्रो हुनेलाई छ हजार र तेस्रो हुने खेलाडीलाई तीन हजार प्रदान गर्ने आयोजकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा