टी–२० विश्वकप एसियन छनोटका लागि २४ खेलाडी बन्द प्रशिक्षणमा



काठमाडौं । टी–२० विश्वकप एसियन छनोटका लागि नेपाली महिला टोलीका २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । मंगलबार नेपाल क्रिकेट संघ(क्यान)ले बोलाएको प्रारम्भिक टोलीमा पूर्व कप्तान नेरी थापाले पुनरागमन गरेकी छन् ।

अन्य खेलाडीमा रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, कृतिका मरासिनी, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, स्नेहा महरा, सृष्टि जैशी, कञ्चन श्रेष्ठ, रोमा थापा, सवनम राई, पूजा महतो, खुसी डंगोल, रुबी पोडार, मनिषा चौधरी, सरस्वती चौधरी र ज्योती पाण्डे रहेका छन् । टी–२० विश्वकप एसियन छनोट अगष्ट २८ देखि सेप्टेम्बर ९ सम्म मलेसियामा हुनेछ ।

नेपाल समुह ए मा रहेको छ । समुह ए मा नेपालसँगै बहराइन, भुटान, घरेलु टोली मलेसिया, कतार र युएई रहेका छन् । त्यस्तै समुह हङकङ, चीन, म्यानमार, कुवेत थाइल्याण्ड रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि

एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन, पहिरोमा पुरिएको आशंका

  मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा