नासिरको जापानमा नयाँ कीर्तिमान



 

काठमाडौं । नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको वल्र्ड एक्वाटिक च्याम्पियनशिप–२०२३ मा आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

नासिरले चार सय मिटर फ्रिस्टायलमा ४ मिनेट ८.२३ सेकेन्ड समय खर्चंदै आफ्नो नाममा नयाँ कीर्तिमान कायम गरेको फुकुओकाबाट नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए । उक्त स्पर्धामा यसअघि नासिरको नाममा ४ मिनट १२.१७ सेकेन्ड समयको कीर्तिमान रहेको थियो । नासिरले उक्त कीर्तिमान गत असारमा आयोजना भएको ११औँ एनएसए कप पौडी प्रतियोगितामा राखेका हुन् ।

अब भोलि नासिरले पुरुष २०० मिटर फ्रिस्टायल र गौरिका सिंहले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि