महिला विश्वकपमा स्विजरल्याण्डसँग फिलिपिन्स पराजित



काठमाडौं । फिफा महिला विश्वकपमा स्विजरल्णडले विजयी सुरुवात गरेको छ । शुक्रबार न्युजिल्याण्डको फोरस्थि बार रंगशालामा भएको समुह ‘ए’ अन्तर्गतको खेलमा स्विजरल्याण्डले फिलिपिन्सलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

स्विजरल्याण्डले फिलिपिन्सलाई २–० गोलअन्तरले पराजित गरेको हो । स्विजरल्याण्डलाई जित दिलाउन सरैना सेभरिन र रामोना बाच्मनले एक एक गोल गरेका छन् ।

खेलको ४५ औं मिनेटमा स्विजरल्याण्डले पेनाल्टीमा गोल गर्दै अग्रता बनाएको थियो । उसका लागि सरैनाले गोल गरेकी हुन् । खेलको ४३ औं मिनेटमा फिलिपिन्सका खेलाडीले पेनाल्टी एरियमा खराब ट्याकल गरेपछि भिडियो असिस्टेन्ट रेफ्रि भारले स्विजरल्याण्डलाई पेनाल्टीको अवसर दिएको थियो । उक्त पेनाल्टीमा सरैनाले गोल गरेकी हुन् ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको स्विजरल्याण्डले दोस्रो हाफमा थप एक गोल गर्न सफल रह्यो । स्विजरल्याण्डकी क्रोनोगोर्सेभिकको प्रहारलाई फिलिपिन्सकी गोलरक्षक म्याक ड्यानियलले बचाउँदा रिवाउन्डमा आएको बललाई रामोनाले जाली चुमाएकी थिइन् ।

जितसँगै स्विजरल्याण्ड तीन अंकसहित समुह ए को शीर्ष स्थानमा उक्लेको छ । बिहीबार भएको उद्घाटन खेलमा समुह ुएु को न्युजिल्याण्डले नर्वेलाई १–० गोलले पराजित गरको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि