साम्बालाई युरोपेली फुटबल क्लबबाट व्यावसायिकरुपमा खेल्ने अवसर, मन्त्रीले गरे विदाइ



काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले प्रतिष्ठित युरोपेली फुटबल क्लबबाट व्यावसायिकरुपमा खेल्ने अवसर प्राप्त गरेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडी सावित्रा भण्डारीलाई बधाईसहित विदाइ गरेका छन् ।

मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा उनले फुटबल खेलप्रतिको लगन र मेहनतले इजरायलको हापोइल रनाना फुटबल क्लबमा आबद्ध हुने मौका प्राप्त गरेकी खेलाडी भण्डारीलाई शुभकामनासहित बधाई दिएका हुन् ।

उनको प्रशंसा व्यक्त गर्दै मन्त्री लिम्बूले प्राप्त मौकाको सदुपयोग गरी नेपाली फुटबलको स्तर वृद्धिका साथै आफ्नो खेल कौशलमा अझ निखार ल्याउन सफल हुने अपेक्षा गरेका छन् ।

लमजुङ सिमपानी निवासी खेलाडी भण्डारीले नेपालको राष्ट्रिय फुटबल टोलीमा संलग्न रही विभिन्न प्रतियोगितामा कौशल प्रदर्शन गरेर राष्ट्रको शान बढाउन पुर्याएको योगदानको मन्त्रालयले उच्च प्रशंसा गरेको छ । युरोपेली क्लबमा आबद्ध हुने पहिलो महिला खेलाडी उनी आगामी अगस्टको पहिलो साता त्यसतर्फ प्रस्थान गर्नेछिन् ।

यसअघि खेलाडी भण्डारीले सेथु एएफसी र गोकुलम केरला भारतमा व्यावसायिकरुपमा रही लिग खेल खेलेकी थिइन् । नेपाली फुटबल खेलको दुनियाँमा उनको छवि फर्वाड खेलाडीका रुपमा चर्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि