काठमाडौं । एसीसी टिम्स इमर्जिङ एसियाकपमा युएइले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ । नेपालका लागि कुशल भुर्तेलले ६ श्याम ढकालले दुई तथा कुशल मल्ल र पवन सर्राफले एक एक विकेट लिएका छन् ।
श्रीलंकाको कोलोम्बोस्थित पी सारा ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको युएई १५७ रनमा समेटियो । नेपाली स्पिनरको अगाडि युएईका ब्याट्सम्यान जम्न सकेनन् । युएई ४४ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको हो । युएईका लागि लभप्रित सिंहले सर्वाधिक ५२ रन बनाए । त्यस्तै इथान डिसुजाले १८, अस्वस्थ भालथापाले १६ रनको योगदान गरे ।
त्यस्तै युएईका आर्यांस शर्माले १४ र जस जियान्नीले १३ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन असफल रहे । कुशल भुर्तेलले करियर कै सफल बलिङ गरेका छन् । उनले आफ्नो पुरा स्पेल बलिङ गर्दै ४० रन खर्चेर ६ विकेट लिए । त्यस्तै मौसम ढकालले ९ ओभर बलिङ गर्दा दुई विकेट लिए ।
कुशल मल्ल र पवन सर्राफको नाममा एक एक विकेट रह्यो । युएईविरद्धको खेलमा नेपालले चार परिवर्तन गरेको छ । नेपालका सोमपाल कामी, आशिफ शेख, ललित नारायण राजवंशी र भिम सार्की बेन्चमा बसेका छन् ।
उनीहरुको स्थानमा प्रतिस जिसी, मौसम ढकाल सन्दिप जोरा र अर्जुन साउदले मौका पाएका छन् । यसअघि प्रतियोगिताको अन्तरगत भारत र पाकिस्तानविरुद्धको खेलमा नेपाल पराजित भएको थियो । नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा भारत ए सँग ९ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया