एसीसी इमर्जिङ टिम्स क्रिकेटमा नेपाल भारत ए सँग पराजित



काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल भारत ‘ए’ टिमसँग पराजित भएको छ । नेपालले दिएको १६८ रनको लक्ष्य भारतले २२ दशमलब १ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो ।

उसका लागि अभिषेक शर्माले सर्वाधिक ८७, साई सुदर्शनले ५८ रन बनाए । नेपालका लागि कप्तान रोहित पौडेलले १ विकेट लिए । त्यसअघि श्रीलंकाको आर प्रेमदासा रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ३९ दशमलब २ ओभरमा १६७ रनमा समेटियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ६५ रन बनाए ।

यस्तै गुल्शन झाले ३८, देव खनालले १४,सोमपाल कामीले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । ३७ रन जोड्दा ५ विकेट गुमेपछि संकटमा परेको नेपाललाई कप्तान रोहित,गुल्शन र सोमपालले केही समय सम्हालेका थिए । यसअघि पहिलो खेलमा नेपाल पाकिस्तानसँग ४ विकेटले पराजित भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ