टिपटप हेल्प नेपाललाई भलिबलको उपाधि



काठमाडौं । सातौँ प्रधानमन्त्री कप एनभीए भलिबल क्लब लिगको पुरुषतर्फको उपाधि हेल्प नेपाल क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन बनेको हो । पहिलो सेट हेल्प नेपालले जितेकोमा दोस्रो सेट भने फराकिलो अन्तरले गुमायो ।

तर तेस्रो सेट जित्दै हेल्प नेपाल च्याम्पियन बन्यो । हेल्प नेपालको जितमा पाकिस्तानी खेलाडी माजहर अली नायक बने । यस्तै, महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।उषा भण्डारी प्लेयर अफ दि म्याच घोषित भइन् ।

लिग चरणमा पुलिसले सबै खेल जितेर फाइनल पुगेको थियो । पुरुषतर्फको उपाधि विजेता हेल्प नेपाल र महिलातर्फ नेपाल पुलिस क्लबले ६ लाख रुपैयाँका दरले पुरस्कार पाएका छन् । पुरुषतर्फको उपविजेता पुलिस क्लब र महिलातर्फको उपविजेता एपीएफले समान ३÷३ लाख रुपैयाँका दरले पुरस्कार पाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ