नेपाल आईस हक्की संघको साधारणसभा सम्पन्न



काठमाडौं । नेपाल आईस हक्की संघको साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष एवं वाग्मती प्रदेश सभाका सभामुख भुवन पाठकको अध्यक्षतामा सम्पन्न भएको हो । साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष पाठकले आईस हक्की नेपालमा अत्यन्तै संभावना रहेको खेल भएको बताए । उनले अव आईस हक्कीलाई नेपाली युवामाझ पुर्याउँदै लोकप्रिय खेलको रूपमा विकास गरिने बताए ।

संघका उपाध्यक्ष विजय खड्काले नेपालमा खेल पर्यटनको लागि पनि यो संभावनायुक्त खेल रहेको बताए । हिमाली भेगको हावापानी सुहाउँदो यो खेल भएकोले नेपालको लागि यो उपयुक्त भएको र आगामी दिनमा नेपालमा द्रुत गतिमा विकास गरिने बताए ।

संघका महासचिव गणेश रिमालले विधान संशोधन साधारणसभामा पेश गरेका थिए ।सो प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । कास्की आईस हक्की संघका अध्यक्ष वीरेन्द्र पौडेलले उद्घोषण गरेको कार्यक्रममा काठमाडौं आईस हक्की एसोसिएसनको तर्फवाट अध्यक्ष प्रज्वल थापाले सभामुख पाठकलाई सम्मान गरेका थिए । साधारणसभामा केन्द्रीय पदाधिकारी, सदस्य लगायत विभिन्न जिल्लाका प्रतिनिधिले भाग लिएका थिए।

    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ