सबै मिलेर खेलकुद क्षेत्रको विकासमा जुट्नुपर्छ : मन्त्री लिम्बू



काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न नसक्ने बताएका छन् ।
शरदचन्द्र शाह मेमोरियल फाउण्डेनको आयोजनामा लेखक नवीन अर्यालद्वारा लिखित ‘नेपाली खेलकुदको वृत्तान्त’ पुस्तकको मंगलबार विमोचन गर्दै उनले सरकार र निजी क्षेत्र नमिलीकन नेपालको खेलकुद क्षेत्रको प्रवर्द्धन हुन नसक्ने बताए ।

“निजी क्षेत्र र सरकार नमिली खेल क्षेत्रको प्रवर्द्धन गर्न नसकिने कुरा स्पष्ट भइसकेको छ, सबै मिलेर खेलकुद क्षेत्रको विकासमा जुट्नुपर्छ”, मन्त्री लिम्बूले भने ।

उनले खेल क्षेत्रको विकासका लागि आफूले विभिन्न माध्यमबाट प्रयास गरिरहेको बताए । इमान्दार प्रयासका साथ आफू नेपालको खेल क्षेत्रको विकासमा लागेको उनको भनाइ थियो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले सरकारले खेलकुद क्षेत्रमा कम लगानी गरेको भन्दै अहिलेको लगानीले खेलकुद क्षेत्रको विकास हुन नसक्ने बताए ।

उनले साउथ एशियन खेल नेपालले सुरुवात गरेको स्मरण गर्दै नेपालको खेल क्षेत्रको विकासमा शरदचन्द्र शाहको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । वरिष्ठ पत्रकार एवं समालोचक पी खरेलले पुस्तकले नेपालको खेलकुद क्षेत्रको इतिहासलाई उजागर गर्न खोजेको बताए ।

पुस्तकका लेखक अर्यालले राणाकालदेखि पञ्चायतकालसम्मको खेलकुदलाई पुस्तकमार्फत समेटिएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ