इमर्जिङ एसिया कपका लागि नेपाली टोली घोषणा



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले इमर्जिङ एसिया कपका लागि नेपाली क्रिकेट टिमको घोषणा गरेको छ । जिम्बाबेमा भएको आईसीसी विश्वकप एक दिवसीय क्रिकेट छनोट खेलेर फर्किए लगत्तै श्रीलंकामा आयोजना हुन लागेको इमर्जिङ एसिया कपका लागि नेपाली टिमको घोषणा गरेको हो ।

जिम्बाबे गएको नेपाली टिमका सदस्यहरु ज्ञानेन्द्र मल्ल, करण केसी, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी टिममा परेका छैनन् । सन्दीप र दिपेन्द्र ग्लोबल टी २० खेल्न जाने भएकाले टिममा समावेश गरिएको छैन ।

१६ सदस्यीय टोलीमा देव खनाल, सन्दीप जोरा, सूर्य तामाङ, श्याम ढकाल समावेश छन् । नेपाली टिममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, अर्जुन साउद, कुशल मल्ल, देव खनाल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ