राजेन्द्र र लिलबहादुरलाई ब्याडमिन्टन प्रतियोगिताको उपाधि



 

काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र गण्डकी प्रदेश सांसद लिलबहादुर थापाको जोडीले मदन स्मृति ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेको छ ।

ललितपुरस्थित रिभाइभ रिक्रियसन सेन्टरमा बुधबार भएको फाइनल खेलमा राई र थापाको जोडीले दिलमान पाख्रिन र यज्ञराज सुनुवारको जोडीलाई २१–१७, २१–१९ ले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

प्रतियोगितामा पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र गणेश थापाको जोडी तथा नवराज सिलवाल र पूर्वमन्त्री भानुभक्त ढकालको जोडी संयुक्तरुपमा तेस्रो भयो ।

नेकपा (एमाले) निकट संस्था नेपाल खेलकुद महासङ्घको आयोजना तथा नेकोस राष्ट्रिय ब्याडमिन्टन सङ्घको व्यवस्थापनमा भएको प्रतियोगिताको फाइनल प्रवेश गर्ने क्रममा राजेन्द्रकुमार राई र लिलबहादुर थापाको जोडीले कमल थापा र गणेश थापाको जोडीलाई २१–१६, २१–१७ ले तथा दिलमान पाख्रिन र यज्ञराज सुनुवारको जोडीले नवराज सिलवाल र भानुभक्त ढकालको जोडीलाई २१–६, २१–७ ले पराजित गरेको थियो ।

विजयी खेलाडीलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, एमालेका खेलकुद इञ्चार्ज कर्ण थापा, खेलकुद महासङ्घका अध्यक्ष पर्शुराम बस्नेतलगायतले पुरस्कार प्रदान गरे ।

मदन भण्डारीको ७२ औँ जयन्तीको अवसरमा आयोजित प्रतियोगितामा संविधानसभा सदस्य, वर्तमान राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेश सभासदस्य एवं मन्त्रीलगायत ६४ जोडीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ