भारतलाई साफ च्याम्पियनसिपको उपाधि



काठमाडौं । साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । मंगलबार भारतको बैंग्लोरमा निर्धारित र अतिरिक्त सममा एक एक गोलको बराबरी भएपछि खेलको नतिजा पेनाल्टीसूटआउटबाट निकालिएको हो । जसमा भारत ५–४ गोल अन्तरले विजयी भयो । पेनाल्टीमा कुवेतका मोहम्म्द अब्दुल्लाहको प्रहार बारमा लागेर बाहिरिएको थियो ।

यस्तै, खालेद हाजियाको प्रहार भारतका गोलकिपर गुरप्रीत सिंहले बचाए । यता, भारतका उदान्त सिंहको प्रहार बाहिरियो । उदान्तको प्रहार बाहिरिदा खेल सडन डेथमा पुगेको थियो । खेलको १५औँ मिनेटमा सबाईब अलखाल्दीले गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए । तर, ३९औँ मिनेटमा लालियन्जुएला चान्टेले गोल गरेपछि भारत खेलमा फर्किएको थियो ।

यो प्रतियोगितामा कुवेत र लेबनान पहिलो पटक सहभागी भएका थिए । जसमा कुवेत उपविजेता बन्न सफल भयो । भारतको साफ उपाधि संख्या ९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ