मलेसियालाई हराउँदै नेपालले जित्यो एसीसी यु-१६ इस्ट जोन कप क्रिकेटको उपाधि



काठमाडौं । नेपालले एसीसी यु-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनले हराउँदै नेपालले उपाधि जितेको हो । योसँगै नेपालले यु- १६ इस्ट जोन कपको उपाधि जितेको हो ।

२ सय ५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४ ओभर ५ बल ३१ रनमा अलआउट भयो । मलेसियाका मोहम्मद अक्रमले १० रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालका अभिषेक तिवारीले ५ विकेट लिए । त्यस्तै सन्तोष यादवले ३ र सागर गैरेले १ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ५२ रन बनाएको थियो । नेपालका नरेन भट्टले ८९ बलमा अविजित १ सय १२ रन बनाए । उनी यो प्रतियोगितामा शतक हान्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् ।

त्यस्तै, निरज यादवले ४७ रन जोडे । मलेसियाका मोहम्मद अक्रमले ३ विकेट लिए । समूह चरणमा नेपाल थाइल्यान्डलाई २ सय २५ र मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा नेपालले सिङ्गापुरलाई ९७ रनले हराउँदै फाइनल खेलेको हो । यसअघि नेपालले सन् २०१७ र २०१९ मा १६ वर्षमुनिको उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय