नेपालले मलेसियालाई दियो २५३ रनको लक्ष्य



काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले मलेसियालाई २५३ रनको लक्ष्य दिएको छ । मंगलबार मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २५२ रन बनायो । जसमा नरेनले ८९ बलको सामना गर्दै ११२ रनमा अविजित रहे ।

यस्तै निरज कुमार यादवले ४७ रनको योगदान गरे । मलेसियाका लागि मोहम्मद अक्राले ३ विकेट लिए । नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न चाहन्छ । मलेसिया भने घरेलु मैदान र समर्थकको साथमा नेपाललाई हराउने दाउमा छ । नेपालले सेमिफाइनल खेलमा सिंगापुरलाई ९७ रन र मलेसियाले हङकङलाई ७८ रनले पराजित गर्दै फाइनलमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ