नेपाल यु–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा



काठमाडौं ।  नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरलाई ९७ रनले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो । नेपालले अब मङ्गलबार फाइनलमा मलेसियासित खेल्नेछ ।

सोमबार मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरको खेलमा ३५ ओभरमा नौ विकेटको क्षतिमा एक सय ८४ रन बनायो । एक सय ८५ रनको विजयी लक्ष्य पछ्याएको सिङ्गापुरले ३१ दशमलव तीन ओभरमा सवै विकेट गुमाउँदै ८७ रन मात्र बनायो ।

खेलको सुरुआतमा ब्याटिङ गर्ने क्रममा नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी निभाए । कोइरालाले ४९ बल खेल्दै छ चौकाको मद्दतमा ४३ रनको योगदान दिए ।

यस्तै यादवले ४९ बल खेल्ने क्रममा एक छक्का र तीन चौका प्रहार गरी ४२ रन बनाए । यसैगरी अभिषेक तिवारीले २५, सन्तोष यादवले १८, दीप भुजेलले अविजित १२, प्रतिक भट्टराईले १२ र कृतिक कामतले १० रन बनाए ।

बलिङतर्फ सिङ्गापुरका हरिहरनले तीन तथा हर्ष वेङ्कटरम र कबिर बेर्लियाले दुई/दुई विकेट लिए ।  एक सय ८५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा सिङ्गापुरका लागि रोशन रविचन्द्रनले २४, प्रणव धनुकाले १४ र कविर बेर्लियाले ११ रन बनाए ।

बलिङतर्फ नेपालका कार्तिक कामतले तीन तथा सन्तोष यादव, नरेन भट्ट, अशोक धामी, अभिषेक तिवारी र प्रतिक पोखरेलले एक/एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय