नेपालले सिंगापुरलाई दियो १८५ रनको लक्ष्य



काठमाडौं । एसीसी यु–१६ इस्ट जोनकप क्रिकेटको सेमिफाइनलमा नेपालले सिंगापुरलाई १८५ रनको लक्ष्य दिएको छ। मलेसियामा भइरहेको प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो ।

निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर नेपालले १८४ रनको योगफल तयार गर्यो । नेपालका लागि सूर्यांशु कोइरालले सर्वाधिक ४३ रन बनाए। यस्तै, निरज यादवले ४२ रन बनाए ।

आशि लुहार ६, नरेन भट्ट ३, प्रतिक भट्टराई १२ रनमा आउट भए। सन्तोष यादवले २४ बल खेल्दै १८ रन बनाए। कप्तान अभिषेक तिवारीले २५ रन बनाए। दीप भुजेल १५ बलमा १२ रन बनाएर अविजित रहे। यस्तै, कृतिक कामत १० रनमा आउट भए। प्रतिक पोखरेल ३ रनमा अविजित रहे । नेपालविरुद्ध सिंगापुरका हरिहरनले ३ विकेट लिए।

यस्तै, कबीर बर्लिया र हर्श भेङ्कटरामले २÷२ तथा प्रनव धनुकाले १ विकेट लिए । समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको नेपाल सिंगापुरलाई हराएर फाइनल प्रवेश गर्ने लक्ष्यमा छ ।

नेपालले समूह चरणमा थाईल्यान्डलाई २२५ रन र मलेसियालाई ८४ रनले हराएको थियो । सिंगापुरले इन्डोनेसियालाई १०४ र माल्दिभ्सलाई २४५ रनले हराएको थियो। सिंगापुर हङकङसँग भने ७ विकेटले पराजित भएर समूह उप विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ