सुमनलाई अमेरिकामा स्वर्ण पदक



काठमाडौं । नेपाली कराते खेलाडी सुमन तिमल्सिनाले युएस ओपन आइएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । सुमनले सिनियर पुरुष एकल कातामा स्वर्ण पदक जितेका हुन् ।

इन्टरनेसनल स्पोर्ट्स कराते एशोसिएशन आइएसकेए, युएसएको आयोजनामा अमेरिकाको फ्लोरिडामा भएको प्रतियोगितामा सुमनले २९.९५ अङ्क जोडे । गुवाटेमाला दोस्रो तथा जर्मनी र अमेरिकाका खेलाडी तेस्रो भए । सुमनका अनुसार उनले प्रतिस्पर्धा गरेको स्पर्धामा विभिन्न राष्ट्रका १२ खेलाडी सहभागी थिए ।

प्रतियोगिता जुन २९ देखि जुलाई १ तारिखसम्म भएको थियो । सुमनले यसअघि बङ्गलादेशमा भएको तेस्रो कन्टिनेन्टल एसियाली करातेमा स्वर्ण, श्रीलङ्कामा भएको प्रथम अन्तर्राष्ट्रिय करातेमा स्वर्ण, भारतमा भएको छैटौँं एसियाली गोजुरियो करातेमा रजत पदक जितेका थिए ।

त्यस्तै उनले मलेसियामा भएको प्रथम एसियाली प्यासिफिक गोजुरियो करातेमा कांस्य र जर्मनीमा भएको चेम्निज ओपन करातेमा स्वर्णपदक जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ