नेपाललाई १८२ रनको लक्ष्य



 

काठमाडौं । जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आइतबार भएको सातौँ स्थानको प्लेअफ खेलमा संयुक्त अरब इमिरेट्स ९युएई० ले नेपाललाई जितको लागि एक सय ८२ रनको लक्ष्य दिएको छ ।

जिम्बावेको हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको युएई ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनायो । युएईका लागि वृत्य अरबिन्दले सर्वाधिक ४४ रनको योगदान दिए । उनले ७५ बलमा ४ चौकाको मद्दतमा ४४ रन बनाएका हुन् ।

त्यस्तै रोहन मुस्तफालले ३५ रन बनाए भने आर्यांश शर्र्माले २८ रन जोडे । बसिल हमिदले २९ रन बनाए भने सञ्चित शर्माले १२ रन तथा रमिज शाहजादले १० रन बनाए । बलिङतर्फ नेपालका सन्दिप लामिछाने र करण केसीले समान ३र३ विकेट लिए भने प्रतिस जिसी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १र१ विकेट लिए ।

यस खेलको विजेताले सातौँ स्थानको लागि मङ्गलबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवाँै स्थानका लागि अमेरिकासँग खेल्नेछ । अहिले नेपाल जवाफी ब्याटिङमा उत्रेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ