एसीसी यु–१६ इस्टर्न जोन कपमा नेपालको विजयी सुरुवात



काठमाडौं । नेपाल एसीसी यु १६ इस्टर्न जोन कपको सेमिफाइनलमा पुगेको छ । बुधबार भएको खेलमा थाइल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराउँदै नेपाल पहिलो जितमै सेमिफाइनलमा पुगेको हो । जितको लागि २ सय ७० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १३ ओभर २ बलमा ४४ रनमा अलआउट भयो ।

थाइल्यान्डका ईशानले १२ बलमा ३ चौकासहित सर्वाधिक १६ रन बनाए । अरु ९ जना खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका सन्तोष यादवले ह्याट्रिकसहित ५ विकेट लिए ।

त्यस्तै अशोक धामीले ३ विकेट लिए । अभिषेक तिवारीले २ विकेट लिए । त्यसअघि मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनाएको थियो । समूह ‘ए’ मा नेपाल, थाईल्यान्ड र मलेसिया छन् । समूह ‘बी’ मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया छन् ।

समूह ‘ए’ को पहिलो खेलमा मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले पराजित गरेको थियो । समूह ‘ए’ बाट नेपाल र मलेसिया सेमिफाइनलमा पुगे । नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा शुक्रबार मलेसियासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ