नेपालद्वारा थाइल्यान्डलाई दुई सय ७० रनको लक्ष्य



 

काठमाडौं । एसिसी यु १६ मेन्स इस्टर्न रिजन कप–२०२३ को आफनो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई जितका लागि दुई सय ७० रनको लक्ष्य दिएको छ ।

मलेसियाको बाँगीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा आठ विकेट गुमाउँदै दुई सय ६९ रनको योगफल बनायो । नेपालका ओपनर नीरजकुमार यादवले सर्वाधिक ७४ रनको योगदान दिए भने नरेन भट्टले अविजित ५५ रन बनाए ।

त्यस्तै सूर्यान्शु कोइरालाले ४० तथा सन्तोष यादवले ४२ रन जोडे । थाइल्यान्डका निटपाखन मनुवु, पनुवात र इशान बानेर्जीले समान २÷२ विकेट लिए भने सादा र पियावत नेद्रीले सामान १÷१ विकेट लिए ।

उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा  मलेसिया र थाइल्यन्ड छन् । त्यस्तै समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, माल्दिभ्स र इन्डोनेसिया छन । थाइल्यान्ड पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो  थाइल्यान्ड अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ