प्रधानमन्त्री कप भलिबल प्रतियोगिता असारको अन्तिम साता



काठमाडौं । नेपाल भलिबल सङ्घको आयोजनमा हुने सातौँ प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यही असारको अन्तिम सातामा हुने भएको छ ।
नेपाल भलिबल सङ्घले वार्षिक कार्यक्रमअनुसार  प्रतियोगिता आगामी असार २३ देखि ३० गतेसम्म आयोजना गर्ने सोमबार  आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।
प्रतियोगितामा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल प्रहरी, दावाँली मिलन क्लब काठमाडौँ, केशवलाल स्मृति प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल सङ्घ र सैलुङ्ग बागढुङ्गा स्पोर्टस क्लब रामेछाप गरी आठ टोलीको सहभागिता रहनेछ ।
त्यसैगरी, महिलामा नेपाल प्रहरी, न्यू डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब बुटवल र गण्डकी प्रदेश भलिबल सङ्घ गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोतिगामा महिला तथा पुरुषतर्फ प्रथम, दोस्रो, तेस्रो र चौथो हुने टोलीले क्रमशः ६ लाख, तीन लाख, एक लाख ५० हजार र ७५ हजार प्राप्त गर्नेछन् । त्यस्तै, उक्त प्रतियोगितामा पुरुष तथा महिलातर्फ सर्वोत्कृष्ट घोषित हुने खेलाडीले जनही  ३५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि करिब  ७५ लाख खर्च लाग्ने आयोजनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ