इलामलाई मुख्यमन्त्री कपको उपाधि 



 

ओखलढुंगा । कोशी प्रदेशस्तरीय मुख्यमन्त्री कपको उपाधि इलामले जितेको छ । ओखलढुगामा सञ्चालित मुख्यमन्त्री कप फुटबलको फाइनल खेलमा सङ्खुवासभालाई ३–० गोल अन्तरले पराजित गर्दै इलामले उपाधि जितेको हो ।

जितसँगै इलामले दुई लाखसहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेता सङ्खुवासभाले एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । खेलका विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको छ ।

बेस्ट गोलकिपर इलामका मौसम मगर, बेस्ट डिफेन्स इलामका आयुश तिमलसिना, बेस्ट फरवार्ड सङ्खुवासभाका मन्दिप राई, उच्च गोलकर्ता ओखलढुङ्गाका सञ्जय गुरुङ, बेस्ट मिडफिल्डर सङ्खुवासभाका पर्शु राई र बेस्ट कोचको उपाधि इलामका छिरिङ पासाङले हात पारेका छन् ।

यस्तै ‘म्यान अफद सिरिज’को उपाधि इलामको विशाल तामाङ जितेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रविन श्रेष्ठले जानकारी दिए । खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा यही असार ४ गतेदेखि प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा कोशी प्रदेशका ताप्लेजुङबाहेक अन्य १३ जिल्लाले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ