साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित



काठमाडौं । नेपाल साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । शनिबार भारतसँग भएको खेलमा २–० गोल अन्तरले पराजित भएको नेपाल १४ औं संस्करणको प्रतियोगिताबाट बाहिरिएको हो ।

बैंग्लोरमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी खेले पनि नेपालले दोस्रो हाफमा आफूलाई सम्हाल्न सकेन । भारतसँग नेपाल लगातार चौथो पटक पराजित हुन पुग्यो । भारतका लागि सुनिल क्षेत्री र महेश सिंह नाओरेमले एक एक गोल गरे । ६१ औं मिनेटमा सुनिल क्षेत्री गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए ।

यसैगरी ७० औं मिनेटमा महेश सिंह नाओरेमले गोल गरेपछि भारत २–० ले अघि बढेको थियो । त्यसपछि थप गोल नभएपछि घरेलु टोली भारत सेमिफाइनलमा स्थान बनाउन सफल भयो । नेपाल भने एक खेल अगावै प्रतियोगितबाट बाहिरिएको छ ।

नेपालले अब प्रतियोगिताको अन्तिम खेलमा पाकिस्तानसँग खेल्ने छ । नेपाल र पाकिस्तान भने समूह चरणबाट बाहिरिएका छन् । अब नेपाल र पाकिस्तानबीच मंगलबार औपचारिकताका लागि खेल हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ