फिलिप आईसीसीको प्रतिबन्धमा



काठमाडौं । अमेरिकाका तिब्र गतिका बलर कायल फिलिप प्रतिबन्धमा परेका छन् । फिलिपले गैरकानुनी बलिङ एक्सन प्रयोग गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्नबाट प्रतिबन्ध गरिएको छ ।

फिलिप जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्रतियोगितामा संयुक्त राज्य अमेरिकाको टोलीमा थिए र वेस्ट इन्डिज विरुद्धको आफ्नो टोलीको पहिलो खेलमा तीन विकेट लिएर सुरुवात गरेका थिए । तर म्याच अधिकारीहरूले वेस्ट इन्डिजसँग पराजयपछि उनको एक्शनको रिपोर्ट गरे र आईसीसीको घटना प्यानलले पछि पुष्टि गर्यो कि २६ वर्षीयाले अवैध बलिङ एक्शनको प्रयोग गरेका थिए ।

नियमहरूको धारा ६.६ अनुसार, फिलिपलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्नबाट तुरुन्तै निलम्बन गरिएको छ र निलम्बन जबसम्म उसले आफ्नो बलिङ एक्सनको पुनः मूल्याङ्कन गर्न पेश गर्दैन त्यतिबेलसम्म प्रतिबन्ध कायम रहनेछ ।

बिहीबार हरारेमा भएको नेदरल्यान्ड्ससँग पाँच विकेटले पराजित भएको अमेरिकाले क्रिकेट विश्वकप छनोट प्रतियोगितामा आफ्नो पहिलो तीन खेलमा हार बेहोरेको छ भने सोमबार जिम्बाब्वेसँगको समूहको अन्तिम खेलअघि समूह ए को पुछारमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ