एकदिवसीय विश्वकप छनोटमा ओमानलाई पराजित गर्दै श्रीलङ्काको जित



काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोटमा श्रीलङ्काले ओमानलाई पराजित गरेको छ ।  जिम्बाब्वेको बुलवायोस्थित क्विन्स स्पोर्ट्स क्लबमा शुक्रबार भएको समूह बी को खेलमा श्रीलङ्काले ओमानलाई १० विकेटले पराजित गरेको हो । आमानले दिएको ९९ रनको चुनौतीलाई श्रीलङ्काले १५ ओभरमा बिना विकेट पूरा गर्यो ।

श्रीलङ्काका लागि दिमुथ करुणारत्नेले सर्वाधिक ६१ रनको योगदान दिए । उनले ६१ बल खेल्दै आठ चौका बनाए । त्यस्तै पथुम निस्साङकले ३९ बलमा पाँच चौकाको सहयोगमा ३७ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमान ३० दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ९८ रनमा समेटिएको थियो । ओमानका लागि आयान खानले सर्वाधिक ४१ रनको योगदान दिए । उनले ६० बल खेल्दै चार चौकाको मद्दतमा ४१ रनको योगदान दिएका हुन् ।

यसैगरी ओमानका जतिन्दर सिंहले २१ तथा फयाज बुट्टले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । ओमानलाई सस्तैमा समेट्ने क्रममा श्रीलङ्काका वानिन्दु हसरङ्ग एक्लैले पाँच विकेट लिए भने लाहिर कुमाराले तीन विकेट लिए । त्यस्तै कसुन रजितले एक विकेट झारे ।

यस जितसँगै लगातार दोस्रो जित दर्ता गराएको श्रीलङ्काले चार अङ्क जोडेको छ । श्रीलङ्काले पहिलो खेलमा युएईलाई हराएको थियो । तीन खेल खेलको ओमानको पनि समान चार अङ्क नै रहेको छ । यसअघि ओमानले आयरल्यान्ड र युएईलाई पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ