वेस्ट इन्डिजविरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता



काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्धको जारी खेलमा नेपालले तीन विकेट लिएको छ ।
जिम्बावेको हरारे स्पोर्टस् क्लबमा जारी खेलको २५ ओभरको समाप्तीसँगै नेपालले तीन विकेट लिएको हो । आफ्नो क्रिकेट इतिहासको पहिलो पटक विश्वकप विजेता वेस्ट इन्डिजसँग खल्ने क्रममा नेपालका करण केसी, गुल्सन झा र सन्दिप लामिछानेले समान एक–एक विकेट लिए ।
नेपालका लागि करणले वेस्ट इन्डिजका सुरुआती ब्याट्सम्यान कायल मेयर्सलाई एक रनमा आउट गराए । उनले खेलको दोस्रो ओभरको तेस्रो बलमा मेयर्सलाई पेभिलिएन फर्काएका हुन् । करणले यसअघि अमेरिका विरुद्धको खेलमा पनि चार विकेट लिएका थिए ।
त्यस्तै नेपालका अर्का खेलाडी गुलशन झाले पाँचौँ ओभरको पहिलो बलमा वेस्ट इन्डिजका जोनसन चाल्र्सलाई शून्य रनमा नै आउट गरे । त्यस्तै सन्दिप लामिछानेले वेस्ट इन्डिजका सुरुआती ब्याट्सम्यान ब्रेन्डन किङलाई आउट गराए । सन्दिपले ब्रेन्डनलाई ३२ रनमा आउट गराएका हुन् । सोह्रौँ ओभरको तेस्रो बलमा किङ बोल्ड हुन पुगेका हुन् । उक्त प्रतियोतिगामा सन्दिपको यो पहिलो विकेट हो ।
जारी खेलको २५औँ ओभर सकिँदासम्म वेस्ट इन्डिजले तीन विकेट गुमाएर र एक सय २० रनको योगफल बनाएको छ । अहिले क्रिजमा वेस्ट इन्डिजका कप्तान शाई होप र निकोलस पुरन छन् । कप्तान होपले ४७ रन बनाएका छन् । उनले ७२ बलमा पाँच चौका प्रहार गर्दै ४७ रन बनाएका छन् । त्यस्तै पुरनले ३२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३८ रनमा अविजित छन् ।
यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

काठमाडौं । गोदावरी नगरपालिकाले आयोजना गरेको उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेलमा काठमाडौँ

पोखरामा आयोजित राष्ट्रिय साइकल दौडमा प्रकाश र उषा च्याम्पियन

  कास्की ।  पोखरामा शनिबार सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि पुरुषतर्फ प्रकाश

एपीएफ क्लब ललितपुर मेयर कप च्याम्पियन

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप जापानको कोबेमा सुरु

पारा एथलेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु भएको छ