इन्डो–नेपाल कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारत प्रस्थान



काठमाडौं । इन्डो–नेपाल कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारततर्फ प्रस्थान गरेको छ । भारतको गाजियावादमा हुने इन्डो–नेपाल आशिहारा कराते च्याम्पियनसीपमा भाग लिन बुधबार साँझ नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको सोसाई मात्सुतात्सु ओयामा कराते क्योकुसिनकाइकान नेपालका ब्रन्च चिफ दिपक लामाले जानकारी दिए ।

यही जुन १७ र १८ तारिखमा भारतको उत्तर प्रदेशको गाजियावादस्थित लिलावती पब्लिक स्कुल प्रताप विहारमा कराते प्रतियोगिता सञ्चालन हुँदैछ । स्थलमार्ग हुँदै त्यसतर्फ प्रस्थान गरेको टोलीमा १४ खेलाडीसहित २० जना सहभागी छन् ।

बुधबार साँझ सोसाई मात्सुतात्सु ओयामा कराते क्योकुसिनकाइकान नेपालका कार्यवाहक अध्यक्ष रमेश तामाङले प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई खादा लगाएर शुभकामनासहित बिदाइ गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फिफा विश्वकप आयोजना गर्न १२  स्टेडियमको घोषणा

  फिफाले आइतबार न्यूयोर्कको सेन्ट्रल पार्कमा भएको ग्लोबल सिटिजन फेस्टिभलमा संयुक्त राज्य अमेरिकामा

टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

  काठमाडौँ ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ

एन्फा एकेडेमीका तीन विद्यार्थीको शव भेटियो

हेटौँडा । पहिरोमा पुरिएको आशशं‌का गरिएका इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत

पर्वतीय दौडको उपाधि गोरखाका भट्टलाई

कास्की  । विश्व पर्यटन दिवसका सन्दर्भ पारेर शनिबार पोखरामा आयोजना गरिएको पर्वतीय दौडको उपाधि