एपीएफको राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु



काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आइतबारदेखि ‘१६औँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता’ सुरु भएको छ ।

यही जेठ २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व कृष्णमोहन श्रेष्ठको स्मरणमा आयोजना भइरहेको यस प्रतियोगिताले देशभर छरिएर रहेका प्रतिभावान खेलाडीहरुलाई एकीकृत गर्दै खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले मानव जीवनमा स्वस्थ शरीर एवं मस्तिष्क कायम राख्न खेलले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै कुनै पनि खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा खेल भावना र अनुशासित भएर जीत हासिल गरेमा उसलाई हेर्ने दृष्टिकोण सदैव सकारात्मक हुने बताए ।

कूल पुरस्कार राशि  आठ लाख ६५ हजार रहेको प्रतियोगितामा १० वटा इभेन्ट्सहरु समावेश गरिएको छ । जसमा पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, १२ वर्षमुनिका केटा, १९ वर्षमुनिका केटा, भेट्रान्स युगल ४५÷५५ वर्ष, मिक्स डबल्स र मास्टर युगल ३५ वर्ष माथिलगायत रहेको छ ।

प्रतियोगितामा आज पुरुष एकल, पुरुष युगल, १२ वर्षमुनिका केटा, १९ वर्षमुनिका केटा र मिक्स डबल्स इभेन्ट्सका पहिलो चरणको खेलहरु खेलाइएको थियो ।

कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र श्रेष्ठ, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम, वंशीराज दाहाल, पूर्व सशस्त्र प्रहरी सङ्घका अध्यक्ष, अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापालगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुख्यमन्त्री कप टी–ट्वान्टी क्रिकेटको उपाधि सुर्खेतलाई

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न मुख्यमन्त्री कप टी–ट्वान्टी क्रिकेटको उपाधि सुर्खेतले जितेको छ

समाजसेवी सैँजूद्वारा खेल सामग्री प्रदान

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१का समाजसेवी गोपाल सैँजूले आफूले प्रारम्भिक शिक्षा

टि–२० विश्वकपमा इङ्ल्याण्डलाई हराउँदै भारत फाइनलमा

  काठमाडौँ । इङ्ल्याण्डलाई पराजित गर्दै भारत आइसिसी टि–२० विश्वकप २०२४ को फाइनलमा

यु–१९ राष्ट्रिय भलिबलमा सुदूरपश्चिम समूह सेमिफाइनलमा

बैतडी । प्रथम सहाना प्रधान स्मृति यु–१९ राष्ट्रिय भलिबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा