ए डिभिजन लिगमा जाउलाखेलसँग आर्मी पराजित



 

काठमाडौं  । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेलले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले पराजित गर्यो । जावलाखेलको जितमा एनकोटो मासोबीले दुई गोल गरे । उनले खेलको ५५ औँ मिनेटमा गोल गर्दै जाउलाखेललाई पहिलो अग्रता दिलाए ।

त्यसपछि खेलको ७८ औँ मिनेटमा मोसाबीले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेललाई २–० को जित दिलाए । जावलाखेल २३ खेलमा ३७ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेल खेलेको आर्मी ३० अङ्कका साथ अङ्क तालिकाको पाँचौँ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवन र बुटवलको बराबरी

काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा बुटवल लुम्बिनी फुटबल

इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानमा उक्लियो लिभरपुल

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ । बुधवार

डिएफसी मोरङ किराँत गोल्डकपको फाइनलमा 

  पाँचथर । पाँचथरको फिदिममा जारी प्रथम किराँत गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत बुधबार भएको

एलपीएलमा घोडाघोडी र कैलाली विजयी

सुदूरपश्चिम । धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेट