जर्मन बुन्डेस लिगाको उपाधि बायर्न म्युनिखलाई



काठमाडौं । जर्मन बुन्डेस लिगाको उपाधि बायर्न म्युनिखले ११ औँ पटक जितेको छ । शनिबार राति भएको अन्तिम चरणको खेलमा बायर्नले एफसी कोलनलाई २–१ ले पराजित गर्दै उपाधि जितेको हो । बायर्न अन्तिम खेलमा डर्टमण्ड र माइन्जबीचको खेल २–२ गोलको बराबरीमा रोकियो। डर्टमन्डले मेन्जलाई हराएको भए २०११–१२ पछि पहिलोपटक उपाधि जित्ने थियो।

तर २–२ को बराबरीसँगै उक्त सम्भावनाको ढोका बन्द भयो र बायर्नको जित सहज बन्यो । डर्टमण्डसँग समान अंक भए पनि गोल अन्तर धेरै बनाइ बायर्नले उपााधि जितेको हो । बायर्नका लागि बुन्डेस लिगामा समग्रमा यो ३३ औँ उपाधि हो । खेलको आठौँ मिनेटमा विङ्गर कोम्यानले बायर्नले सुरुवाती अग्रता दिलाएका थिए।

बायर्नका खेलाडीको गोल पोस्टभित्र ह्याण्ड भएपछि कोलनले ८०औँ मिनेटमा गोल फर्काएको थियो। डेजानले गरेको पेनाल्टी गोलमा खेल बराबरीमा आएपछि रोमाञ्चक बनेको थियो । ८८ औँ मिनेटमा जमल मुसियालाले गरेको गोल बायर्नको जितमा निर्णायक भयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुम्बई इण्डियन्ससँग सनराइजर्स हैदराबाद ७ विकेटले पराजित

काठमाडौं । इण्डियन प्रमियर लिग आईपीएलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको

यस्तो छ मूलपानी क्रिकेट मैदानको नयाँ डिजाइन

काठमाडौं । मूलपानी क्रिकेट मैदानको डिजाइन युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ

पोखराको सहारा क्लबलाई यस वर्षको उत्कृष्ट खेलकुद सङ्घको अवार्ड प्रदान गरिने

  कास्की ।  फुटबल एकेडेमी र प्रतियोगिता सञ्चालन गरी फुटबल खेल विकासमा क्रियाशील

लखनउलाई पराजित गर्दै कोलकाता आइपीएलको शीर्ष स्थानमा

काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपीएल) को शीर्ष स्थानमा उक्लिएको