जेठ १५ देखि महेन्द्रनारायण निधि टि–२० क्रिकेट प्रतियोगिता हुने



जनकपुरधाम । यही जेठ १५ देखि २६ गतेसम्म जनकपुरधाममा महेन्द्रनारायण निधि टि–२० क्रिकेट प्रतियोगिता–८० हुने भएको छ । मधेस प्रदेश क्रिकेट सङ्घ धनुषाले शनिबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी यही जेठ १५ देखि २६ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

सङ्घका अध्यक्ष हिरा भगतले मधेस प्रदेश शिक्षा तथा समाज कल्याण मन्त्रालयको प्रमुख सहयोगमा १५ गतेदेखि आयोजना हुने प्रतियोगितामा सातै प्रदेशका एक/एक गरी सात टिमको सहभागिता रहने र खेल राम जानकी बहुउद्देश्यीय खेल मैदानमा खेलाइने जानकारी दिए । सो अवधिमा २२ वटा खेल हुनेछन् ।

यसअघि जिल्लास्तरमा आयोजना भएको प्रतियोगिता पहिलो पटक प्रदेशस्तरमा आयोजना गर्न लागेको उनले बताए । प्रतियोगितामा विजेता टिमलाई तीन लाख र उपविजेताले दुई लाखसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिताको कूल लागत कूल ७० लाख लाग्ने अनुमान गरिएको जिल्ला क्रिकेट सङ्घ धनुषाका सचिव आसिसकुमार झाले बताए । पत्रकार सम्मेलनमा शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवा नेता महेन्द्रनारायण निधिको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएकोले यसलाई सफल बनाउन सबैबाट सहयोगको अपेक्षा गरिएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लेबनानमा हुने फोर नेसन्सका कपका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली घोषणा

काठमाडौँ । लेबनानमा हुने फोर  नेसन्स कपका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोलीको

अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

काठमाडौँ । कोपा अमेरिकामा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह

तेक्वान्दोमा नेपाललाई सात पदक

  काठमाडौँ ।  नेपालले सातौँ एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच स्वर्ण,

टी-२० विश्वकपमा बंगलादेशमाथि अफगानिस्तानको जित

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले सेमिफाइनलको स्थान पक्का गरेको छ ।